४ आश्विन २०८३, आइतबार Mon Sep 21 2026

प्रचण्ड र ओलीलाई बालेनको प्रश्न : देश व्यापार हो कि खेल ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन्।

उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ५१ बजे