२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

राष्ट्रिय भूमि आयोगले पुनः लगत संकलन थाल्ने



काठमाडौं । राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः थाल्ने भएको छ। निर्वाचन आचारसंहिता हटेसँगै भूमि आयोगले लगत संकलन लगायत काम सुरु गर्न लागेको हो।

आयोगले सूचना जारी गर्दै अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी बुधबारबाट पुनः सुचारु गरिने जानकारी दिएको छ।

आयोगले आचारसंहिता निष्क्रिय भएको निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको जनाएको छ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १२ : १८ बजे