४ आश्विन २०८३, आइतबार Sun Sep 20 2026

काठमाडौं उपत्यकाका अनाधिकृत संरचना ३५ दिनभित्र हटाउन प्राधिकरणको निर्देशन



काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अनाधिकृत संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । प्राधिकरणले काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यले संरचना हटाउन निर्देशन दिएका हो। प्राधिकरणले संरचना हटाई सकेपछि त्यसको जानकारी गराउन पनि दिन पनि निर्देशन दिएको छ।

प्राधिकरणको निर्देशन अनुसार नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाईने बताइएको छ । सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने बताएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : २० बजे