२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

दाङ–१ (ख) मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी



काठमाडौं । दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित भएका छन । उनले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गरेका हुन् ।

विजयी खड्काले १६ हजार दुई सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार एक सय ७० मत पाएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले पाँच हजार एक सय ३९ मत पाए ।

निर्वाचित खड्काले रासससँग कुरा गर्दै जनताले दिएको मतको कदर गर्दै समग्र दाङको विकासमा आफूले खटेर काम गर्ने बताए । उनले भने , “एउटा कलिलो युवकलाई यति धेरै विश्वास गर्दिनुभयो, म यो विश्वासलाई आत्मसात् गरेर अगाडि बढ्ने छु ।”

दाङ–१ मा जम्मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये प्रदेश (१) मा ४० हजार एक सय छ र प्रदेश (२)मा ३८ हजार पाँच सय ९२ गरी कुल ७८ हजार छ सय ९८ मत खसेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : ३५ बजे