मकवानपुर । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर(२ प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी तोडफोड भएको छ । मनहरीबाट हेटौंडा आउने क्रममा बानियाँ चढेको गाडी हेटौंडा(१९ दालिमटारमा तोडफोड गरिएको हो । ढुंगाले लागेर गाडीको अगाडीको सिसा फुटेको छ ।
उक्त घटनाको विप्लव नेतृत्वको नेकपाले सांकेतिक कारबाही गरेको भन्दै जिम्मा लिएको छ । विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरी बानियाँमाथि ‘भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार’ लगायतका विभिन्न आरोप लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेब गौतमले तोडफोड भएको जानकारी नआएको तर ढुंगा उछिट्टिएर सिसा फुटेको जनाएका छन् ।


