३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

मतदाताले गठबन्धनका पाँच पाण्डवका उम्मेदवारलाई विजय गराउने छन् : प्रचण्ड



नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो मंसिर ४ गतेको चुनावलाई पाण्डव र कौरवबीचको ‘महाभारत युद्ध’ सँग तुलना गर्दै ‘पाण्डव’ हरूको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

‘मंसिर ४ मा जनताले कौरव र पाण्डवमध्ये एक रोज्नु पर्ने अवस्था छ । जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरूको पराजय निश्चित छ,’ उनले भने, ‘मतदाताले लोकतान्त्रिक वाम गठबन्धनको पाँच पाण्डवका उम्मेदवारहरूलाई विजय गराउने छन् ।’

पश्चिम नवलपरासीमा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले यस्तो बताएका हुन् । उक्त सभामा कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफूले यस क्षेत्रका जनताले भोगेको मल, बीउ, डुबान तथा बेरोजगारी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ३० बजे