३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

आज बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

चुनावी अभियानका लागि सुदूरपश्चिममा रहेका प्रधानमन्त्रीले दुई जिल्लामा हुने सभामा सम्बोधन गर्न लागेको स्वकीय सचिव भानु देउवाले बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ।

गृहजिल्ला डडेलधुरामा चारदिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन्। प्रधानमन्त्री राजधानी फर्किने टुंगो लागिनसकेको स्वकीय सचिव देउवाले बताए।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : २५ बजे