३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रचण्ड पत्नी सीताको अवस्था पुन : गम्भीर, आईसीयूमा उपचार हुँदै



काठमाडौ‌। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज विहान ललितपुरस्थित मेडिसिटि अस्पताल भर्ना गरिएको हो।

गत सोमबारमात्र १६ दिन लामो अस्पतालमा उपचार गराएर सीतालाई घर लगिएको थियो। ‘अवस्था गम्भीर भएर आज बिहान अस्पताल भर्ना गरिएको छ’, अस्पताल स्रोतले भन्यो, आईसीयूमा राखेर उपचार भइरहेको छ।’

उनी लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी रोगबाट पीडित छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन्।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ११ : ३४ बजे