३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

पाँचखालको चिसापानीबाट गठबन्धनको चुनावी कार्यक्रम सुरू



काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ बाट लोकतान्त्रिक बाम गठबन्धनको चुनावी कार्यक्रम सुरु भएको छ।

वडा नम्बर ८ को चिसापानीमा कोणसभा गरेर पाँचखाल नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी अभियान सुरु भएको हो। पाँचखालमा लोकतान्त्रिक बाम गठबन्धनको यो चुनावी अभियान दोस्रो चरणको हो।

चुनावी अभियानमा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईं र प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्साल सहभागी हुनुहुन्छ।

त्यस्तै समानुपातिक उम्मेदवार रूकु चौलागाईं, मिना तामाङ र लक्ष्मी दनुवार लगायत सहभागी हुनुहुन्छ। चुनावी अभियानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला, नगरपालिका र वडा स्तरिय नेताहरू सहभागी हुनुहुन्छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : १२ बजे