काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बाग्मती किनारमा निर्मित अनधिकृत संरचनामाथि डोजर चलाएको छ । महानगरले काठमाडौंको थापाथली वाग्मती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको हो ।
शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर चलाएको छ । वाग्मती किनारमा रहेका अनधिकृत संरचना हटाउन निरन्तरता दिने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जनाएका छन् ।
यसरी महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएर विभिन्न स्थानमा डोजर लगाइरहेको छ ।

