३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे राजु गुरुङ



काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् ।

निवर्तमान कानूनमन्त्री गोविन्द बन्दी, बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले बैकिङ कसूर सम्बन्धी मुद्दामा सजाय पाएको उजुरी परेपछि निर्वाचन अधिकृतले प्रमाणका आधारमा उनको उम्मेदवारी खारेजी गरेका थिए ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका गुरुङसहित अन्य दुईजना स्वतन्त्र उम्मेदवारको पनि मनोनयन खारेजी भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ५ : ०० बजे