१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

आज राप्रपामा प्रवेश गर्दै रवीन्द्र मिश्र



काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन्।

राष्ट्रिय सभागृह काठमाडौंमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्। कार्यक्रम आज दिउँसो १ बजे हुँदै छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिएका थिए।

विवेकशील साझा पार्टीका अध्यक्ष रहेका मिश्रले चुनावमा हार ब्यहोरेपछि राजीनामा दिएका थिए। राप्रपा प्रवेश गर्नुअघि उनले साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ३० बजे