१३ भदौ २०८३, शनिबार Sun Aug 30 2026

राप्रपा र मिश्र समूहबीच बुधबार एकता घोषणा हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहबीच बुधबार एकता घोषणा हुने भएको छ। राप्रपा प्रवेशका लागि मिश्रले सोमबार बेलुका विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहबीच बुधबार १२ बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

विवेकशील साझा पार्टीमा विवादास्पद दस्तावेज पारित गरेर अघि बढेका मिश्रले स्थानीय तहको निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसयता उनी राजसंस्था पुनःस्थापनाको पक्षमा वकालत गरिरहेका छन्।

मिश्रलाई राप्रपामा उपाध्यक्षको जिम्मेवारी दिइने बताइएको छ। तर उनको वरियता अन्य उपाध्यक्षको भन्दा माथि हुने पनि बताइएको छ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ०२ बजे