३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

अनुमति विनाका होर्डिङबोर्ड हटाउन संघसंस्थालाई महानगरको ३० दिने अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्मपुर्ण व्यवसायी र संघसंस्थालाई अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको छ ।

महानगरले अनुमति विनाका सार्वजनिक स्थानमा कुनैपनि प्रकारको प्रचार प्रसार सामाग्री नराख्न आग्रह गर्दै आएकोमा आज व्यवसायी र संघसंस्थालाई पनि ३० दिन भित्र सार्वजनिक स्थानमा अनुमति विना राखिएको विज्ञापनका होर्डिङबोर्ड हटाउन आग्रह गरेको हो । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी ९व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको० राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरले भनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ३२ बजे