१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

हिन्दुहरुको महान पर्व विजयादशमीको लागि टिकट लिनेको भिड



काठमाडौं । काठमाडौंको गंगबु नयाँ बसपार्कको टिकट काउण्टर टिकट लिनेको घुँइचो लागेको छ ।

दशैँका लागि घर जानेहरूलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुल्ला गरेसंगै बसपार्क क्षेत्रमा टिकट निलेको भीड लागेको हो । दशैँका लागि आजदेखि देशभरका विभिन्न स्थानमा जान सार्वजनिक यातायातको यात्रुलाई अग्रिम टिकट बुकिङ खुलेको छ ।

यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागको बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : ३५ बजे