२० आश्विन २०८३, मंगलबार Wed Oct 7 2026

बिरे जातका लागि अपीहिमाल गाउँपालिकाले दियो ३ दिन बिदा



दार्चुला । अपीहिमाल गाउँपालिकामा लाग्ने लामो जात्रा बिरे जातका लागि ३ दिन सार्वजनिक बिदा दिइएको छ।

अपीहिमाल गाउँपालिका–३ मा लाग्ने सुर्मा भवानी ‘बिरे जात’ को अवसरमा गाउँपालिकाभरि तीन दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

अपीहिमालको क्षेत्ती, घाँजिरदेखि बझाङको सुर्मासरोवरसम्म लाग्ने सुर्मा भवानीको ‘बिरे जात’को अवसरमा गाँपालिकामातहतका सम्पूर्ण कार्यालयहरूमा बुधबार, बिहिबार र शुक्रवार तीन दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले बताए।

जिल्लाकै सबैभन्दा ठूलो जात्राका रूपमा मनाइने गरिन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १ : ११ बजे