सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका १३ स्थित करेखोलाका दानसिंह ठाडाले श्रीमति रविनाको हत्या गरेका छ्न।
आइतबार विहान साढे १ बजेतिर ४२ वर्षीय दानसिंहले ४१ वर्षकि रविनालाई चिर्पटले हानेर हत्या गरेको सुर्खेत प्रहरिले जनाएको छ ।
श्रीमतीको हत्या गरेपछि उनले प्रहरीलाई फोन गरेका थिए। ‘करेखालामा प्रहरी हवल्दारको कमाण्डमा प्रहरी पोष्ट छ, उनले हवल्दारलाई फोन गरेर आफ्नो परिचय दिँदै श्रीमतीको हत्या गरेको र पक्राउ गर्न आउन भनेका थिए,’ प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले भने, ‘प्रहरी हवल्दारले जिल्लामा फोन गरेपछि प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले दानसिंहलाई विहान साढे २ बजेतिर नियन्त्रणमा लिएको छ।’
प्रहरीलाई फोन गर्नुपूर्व ठाडाले वडाध्यक्षलाई फोन गरेका थिए। ‘वडाध्यक्षबाट करेखोला प्रहरी पोष्टका इन्चार्जको नम्बर मागेका रहेछन्,’ उनले भने।

