२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

गैरआवासीय नेपाली संघ पोर्चुगलको सपथग्रहण   लिस्बोनमा सम्पन्न



गैरआवासीय नेपाली संघ पोर्चुगलको सपथग्रहण कार्यक्रम  पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ । 

 लिस्बोन पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको सपथग्रहण कार्यक्रम  पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ । 

एनआरएन पोर्चुगलको  दशौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष  दीपा काफ्ले लगायत सम्पुर्ण  कार्यसमितिका पदाधिकारीसहित सदस्यहरुलाई निर्वाचन समितिका संयोजक गम्बिरजङ्ग गुरुङ्गले पद तथा गोप्यनियताको सपथ ग्रहण गराउनुभएको थियो । 

यहि जुलाई 6 तारिखमा लिस्बोनमा सम्पन्न महाधिवेशनमा धेरै पदमा निर्बिरोध उमेदवारहरु निर्वाचित भएका थिए भने अध्यक्ष र कोषाध्यक्ष पदमा भने चुनाव गर्नु परेको ले सपथग्रहण कार्यक्रम ढिलो हुन गएको संयोजक गुरुङ्गले बताउनु भयो ।

गैरआवासीय नेपाली संघको केन्द्रिय सचिव तिलक प्रसाद गैर्हेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनसम्पर्क मन्च पोर्चुगलका अध्यक्ष युवराज पन्थी , जन प्रगतीशिल मन्चका अध्यक्ष रेशम बस्नेत गैरआवासिय नेपाली संघ युरोप उपसंयोजक माधव पोख्रेल लगायतको उपस्थिति रहेको थियो। नवनिर्वाचित आइसिसी सदस्यहरु राजकुमार गुरुङ्ग, बिनोद बुढाथोकी  र सरिता शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ भने कार्यसमितिमा अध्यक्ष दीपा काफ्ले उपाध्यक्षहरु प्रेम बहादुर बुढाथोकी,  गणेश गुरुङ्ग , शिवराज राई, नृपेश गिरि, सुदन निउरे, बिष्णु बहादुर घर्ती  र सरस्वती खनाल तिमिल्सिना, महिला उपाध्यक्ष मा पेमा डोल्मा शेर्पा  निर्वाचित हुनु भएको छ ।  

त्यस्तै महासचिवमा गोबिन्द बुढाथोकी सचिवहरु सुरज भण्डारी, पुस्करराज जोशी र सुवास पौडेल निर्वाचित हुनु भएको छ । महिला संयोजक खगिसरा न्यौपाने युवा संयोजक पेम्वा शेर्पा,  लेखा संयोजक सुरेश गिरी लगाएत निर्वाचित हुनु भएको छ । 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : ५१ बजे