१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

भकुण्डे सडक दुर्घटनामा परि गम्भीर घाइते भए पुर्वमेयर टिपि शर्मा



काठमाडौं । बीपी राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा गम्भीर घाइते भएका छन् । घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

नमोबुद्ध नगरपालिका बिस किलो (भकुन्डे)मा नार्केबाट काठमाडौँ तर्फ जाँदै  गरेको बा ६२ प ३५७८  नम्बरको स्कुटरले विपरीत  दिशाबाट आउँदै गरेको बा।प्र। ०३(०२(००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा ३५७८ नम्बरको स्कुटरमा पछाडि  सवार पूर्व मेयर शर्मा गम्भीर घाइते  भएका हुन् । स्कुटर चालक नमोबुद्ध २ का किशोर तिमल्सिना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

दुर्घटनामा अर्का स्कुटर चालक दोलखा मेलुङ घर भई हाल काभ्रे रोशी(८ वस्ने  निमा तेम्वा थोकर सामान्य घाइते भएका छन् । उनको मेथिनकोट अस्पताल भकुन्डेबेसीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ९ : ४४ बजे