६ भदौ २०८३, शनिबार Sat Aug 22 2026

पुर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ।

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको यो पहिलो पटक हो।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १ : ४० बजे