१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

गभर्नर नियुक्त चाडैं हुने : सभापति देउवा



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सभापति शेरबहादु्र देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने जानकारी दिएका छन्।

बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेकोमा देउवाले उक्त जवाफ दिएका हुन्।

सभापतिले दिएको जवाफ उद्धृत गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ भन्नु भएको छ। मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउने प्रोफेसनल, व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ। एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : १३ बजे