२६ असार २०८३, शुक्रबार Fri Jul 10 2026

एमालेले मधेस प्रदेशको प्रमुख बनाएका डा. अहिराजलाई बलात्कारको आरोपमा पक्राउ पुर्जी



पूरा समाचार हेर्नुहोस निवेदन देख्न सक्नुहुन्छ

काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजमाथि ‘महिला काण्ड’मा पक्राउ पूर्जी जारी भएको छ । नेपाल प्रहरीको काठमाडौं कालिमाटी परिसरस्थित महिला सेलले उनीमाथि लागेको आरोप उपर अनुसन्धान गरिरहेको स्रोतले बतायो ।

यो बिषयमा गम्भीर अनुसन्धान भइरहेको छ । परिसरको महिला सेलकी महिला इन्सपेक्टरले अनुसन्धान थालेकी हुन ।

स्रोतका अनुसार निकै पुरानो मामला अहिले बाहिर आएको हो ।

पत्रकार हुँदै बीचमा मधेश आन्दोलनमा लागेका थिए । केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीत्वकालमा दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएझैँ अहिराजलाई गोकुल बाँस्कोटाको सिफारिसमा फलामले फलाम काट्छ भने झैं मधेसी नेताहरुलाई सबक सिकाउन मधेश प्रदेशको प्रमुखमा नियुक्त गरिदिएपछि उनी एमाले वृत्तमा अझ बढी चिनिन थाले ।

उनले काठमाडौं हनुमानस्थान नजिकै लामो समय देखि मधेशवाणी नाम साप्ताहिक चलाउदै आएका थिए ।उनले धोविखोलाको नजिकै बानेश्वरमा सरकारी जग्गा मिचेर घर बनाएका थिए ।

उनै अहिराज आफुलाई निक्कै रास्ट्रवादी हु भनी सामाजिक संजालमा आफ्ना भनाई राख्दै आइरहेका छ्न ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ०३ बजे