१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

प्रहरीद्धारा २०० किलो भारतीय कुखुरा बरामद गरि नष्ट 



रौतहट २८ चैत । रौतहटस्थित प्रहरीको गस्ती टोलीले २०० किलो भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिबाट गएको गस्ती टोलीले बुधवार साँझ बौधिमाई नगरपालिका २ ईनरवा स्थित विआर ३० जे १९८७ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई भारतबाट ल्याउँदै गरेको २०० किलो कुखरा बरामद गरेको थियो।

बरामद कुखुरा देवाही गोनाही स्थित प्रहरीको हाताभित्र खाल्डोमा पुरेर स्थानीय भद्रभलादमी सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। भारतीय कुखुरा ल्याउने मोटरसाईकल चालक फरार भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १२ : २४ बजे