२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

चुनाव नजिकिदै गर्दा हारिएलाकी भन्ने डर लाग्छ : महामन्त्री थापा



काठमाडौं ।नेपाली का‌ग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैं हुने गरेको बताएका छन् । चुनावमा जित–हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढि सताउने गरेको अनभूति सुनाए ।

काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई पनि परीक्षामा फेल होइएलाकी भन्न डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।

महामन्त्री थापाले जिन्दगीमा सधैं सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरुलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ३ : ५९ बजे