छेण्डु,१६फागुन । नेपाली कांग्रेसकी नेतृ तथा पुर्ब उपप्रधानमन्त्री एबं परराष्ट्रमन्त्री सुजाता काेइरालाकाे भ्रममा रहेकाे प्रतिनिधि मण्डललाई चिनकाे सिचुवान प्रान्तीय सरकारले नेपाली बिद्यार्थीहरूलाई छात्रवृत्ति दिने घाेषणा गरेकाे छ ।
काेइरालाकाे मागपछि चिनकाे प्रान्तीय सरकारले तीन बर्ष भित्रै नेपाली बिद्यार्थीलाई ६० वटा स्कलरसिप दिने सिचुवान प्रान्तले बिहिवार निर्णय गरेकाे नेपाल मामिला प्रमुख सरलाले बताएकी छन् । यस छात्रवृत्तिले नेपाली बिद्यार्थी लाभान्वित हुनेे भ्रमणमा सहभागी दाेलखाका कांग्रेस सभापति बर्मा लामाले बताए ।
कांग्रेस प्रतिनिधि मण्डललाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालकाे राजनीति दललाई हेर्ने दृष्टिकोण एउटै भएकाे र कांग्रेसलाई फरक र कम्युनिस्टलाई फरक ब्यवहार नगरेकाे बताए ।
उनिहरूले नेपाल र चिनसँगकाे छिमेकी सम्बन्ध अत्यन्तै समधुर रहेकाे र रहने पनि बताए । चिनकाे भ्रमणमा काेइराला सहित २० जना सहभागी छन्

