२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

पोखरा भ्रमण वर्ष २०२५’ को कार्यक्रममा घाइते मेयर आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किए



काठमाडौँ । पोखरा महानगरका मेयर धन राज आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किएका छन् ।

यहि फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै मेयर आचार्य जलनका कारण घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना भई उपचाररत रहेका थिए । 

मन्त्री पौडेल केहि दिन अघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य आज डिस्चार्ज भएर पोखरा फर्किएका हुन् ।

उनले उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौँ लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन् ।

आचार्यले जलनका कारण हुन सक्ने जोखिम तथा आवश्यक स्वास्थ्य सावधानी कडाइका साथ पालना गर्नुपर्ने बताउदै सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ६ : १८ बजे