२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन



झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् ।

झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका  सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छ्न। केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छ्न।

गत पुस २१-२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो। यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम् जागरण अभियान सञ्चालन हुने छ।

अभियान तालिका:

कोशी प्रदेश 

झापा– फागुन –१२ गते
मोरङ–  फागुन १३ गते
सुनसरी – फागुन १५ गते

मधेश प्रदेश

सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन २५ गते

गण्डकी प्रदेश

नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते

सुदुरपश्चिम प्रदेश

कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ५१ बजे