२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

समाजवादी प्रेस संगठनका मुख्य नेतृत्व नै चौतारीमा,माधब नेपाललाई ठुलो झड्का !



काठमाडौ। नेकपा एस निकट समाजवादी प्रेस संगठनको मुख्य नेतृत्व नै प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ । माधव नेपालसंगै एमाले विभाजनमा सहयोग गरेका पत्रकारको मुख्य टोली शुक्रबार विधिवत रुपमा चौतारी प्रवेश गरेको हो । एमाले जनवर्र्गीय संगठन प्रेस चौतारी नेपाल विभाजन गरेर समाजवादी प्रेस संगठन स्थापना गर्ने समूहका नेताहरू शुक्रबार चौतारीमै फिर्ता भएका हुन् ।

यसरी समाजवादी प्रेस संगठन छोडेर चौतारी प्रवेश गर्नेमा अध्यक्ष विश्वमणि सुवेदी, वरिष्ठ नेता नरेन्द्र साउद,सल्लाहाकार माधव पाैडेल, महासचिव रामकुमार एलन,  सचिव नेपाेलियन चेपाङ, काेषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरु शिव सुवेदी, साैगात मिश्र,नरेन्द्र विष्ट,यज्ञ थापा लगयत छन् ।यस्तै प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेशका अध्यक्ष आशिष गुरागाईं समेत रहेका छन् । उनी  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव हुन् ।

त्यसका लागि प्रेस चौतारी नेपालले हार्दिक होटलमा एक शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेको थियो । चौतारी प्रवेश गर्नेहरुलाई एमालेका महासचिव शंकर पोखरेल , प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरुे स्वगत गरेका थिए।
समाजवादी प्रेस संगठनले भने चौतारी प्रवेश गरिसकेका अध्यक्ष विष्वमाणी सुवेदीलाई कारबाही गरेका जनाएको । संगठनका उपाध्यक्ष नवराज छत्कुलीले एक विज्ञप्ति प्रकाशित गर्दै शुक्रबारै उनलाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ०० बजे