२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा




काठमाडौँ, २२ पुस । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा (एमाले) मा फर्कनुुभएको छ ।


एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराउनुुभएको हो ।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुनुुहुन्छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ३३ बजे