२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल हुँदै



काठमाडौं।डोल्पामा ‘कर्णाली अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ।  चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको बताईएको छ। बुधवार काठमाडौंको नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो।

आयाेजकका अनुसार भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने मुल नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको हाे।

फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रममा उपस्थित वक्ताहरूले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

यस्ता कार्यक्रमले कर्णाली प्रदेशका आम नागरिकको जीवनमा पनि आर्थिक उपार्जनका लागि माध्यम बन्ने साथै आन्तरिक पर्यटन प्रबर्द्धन हुने आयोजक चोया डिजिटल सोलुसन प्रा.लि. का अध्यक्ष राजकुमार सिलवालले बताए।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ९ : २२ बजे