३० असार २०८३, मंगलबार Wed Jul 15 2026

४६० गाउँपालिका मध्ये ४२९ गाउँपालिकाले बजेट सभामा पेश गरेका छ्न



बाँकी ३० वटा गाउँपालिकाहरुमा सभाको अधिवेशन नै शुरु हुन सकेको छैन भने एउटा गाउँपालिकामा सम्पर्क हुन सकेको छैन ।  

काठमाडौं । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट आषाढ १० गते भित्र आ-आफ्ना गाउँ/नगर सभामा पेश गरिसक्नु व्यवस्थाअनुसार ४ सय ६० गाउँपालिका मध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरुले आषाढ १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश सभामा भएको विवरण प्राप्त भएको छ । बाँकी ३० वटा गाउँपालिकाहरुमा सभाको अधिवेशन नै शुरु हुन सकेको छैन भने एउटा गाउँपालिकामा सम्पर्क हुन सकेको छैन ।  

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ४ : २३ बजे