३० असार २०८३, मंगलबार Wed Jul 15 2026

बेनी नगरपालिकाले हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ



गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष सबै सामुदायिक माविमा लागू गरेका छौँ ।’

काठमाडौं । गण्डकी प्रदेश म्याग्दी जिल्लाको बेनी नगरपालिकाले विद्यार्थीहरूलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । 

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

‘माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य छ,’ उनले भने, ‘गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष सबै सामुदायिक माविमा लागू गरेका छौँ ।’

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : २५ बजे