१० श्रावण २०८३, आइतबार Mon Jul 27 2026

तनहुँमा श्रीमतीको हत्या



तनहुँ : व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ४६ बजे