९ श्रावण २०८३, शनिबार Sun Jul 26 2026

युवालाई स्वदेशमा नै रोक्न सक्नु पर्छ :शर्मा



युवालाई स्वदेशमा नै रोक्न सक्नुपर्छ: नेत्री शर्मा

नेपाली काङ्ग्रेसकी नेत्री गीता शर्माले युवा लक्षित कार्यक्रम सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएकी छन्।

मङ्गलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री शर्माले नेपालमा केही हुँदैन भन्ने भाष्य जुन निर्माण भइरहेको छ त्यसलाई चिर्ने गरी स्वदेशमै रोजगार सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताइन्।

नेपाली कांग्रेस प्रचारप्रसार विभाग सदस्य समेत रहेकी नेत्री शर्माले जबसम्म सरकारको बजेट युवामैत्री हुँदैन तबसम्म विदेश पलायन हुनबाट युवालाई कसैले रोक्न नसक्ने दावी गरिन ।
उनले भनिन् “मुलुकमा कम्युनिष्ट पार्टीहरूको सरकार छ। आगामी बजेटहरू यसलाई मध्यनजर गर्दै युवामैत्री बन्नु जरुरी छ। नेपाली कांग्रेसले यसलाई सधैँ समर्थन गर्नेछ।” तब मात्र निराश भएका युवाहरूमा आफ्नो मुलुकमा नै केही गरौं भन्ने इच्छाशक्ति जाग्ने शर्माको भनाई छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : ४८ बजे