१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

बेलकोटगढी नगरपालिकाको नयाँ भवन बन्दै



काठमाडौं ।नुवाकोटको बेलकोटगढी नगरपालिकाको भवन निर्माण सुरु भएको छ। १२ करोड ७४ लाख रुपैयाँमा निर्माण हुने भवनको शिलान्यास गरिएको छ। 

नगरपालिकाको ८ र ९ को सिमाना बाघखोरमा रहेको २५ रोपनी जग्गामा भवन निर्माण हुने छ। भवन निर्माण कार्य दुई वर्षमा सकिने नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले हाल अस्थायी भवनमा रहेर सेवा दिँदै आएको छ। पालिकाका अनुसार पार्किङसहितको ४ तलामा ३८ वटा कोठाको भवन १२ करोड ७४ लाख २७ हजार ८८ रुपैयाँ लागतमा निर्माण हुनेछ। भवन आगामी २४ महिना अर्थात् दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी अम्बे माँ, न्यू टेक र शुभलक्ष्मी जेभिसँग गत मंसिर १३ गते ठेक्का सम्झौता गरिएको थियो। 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : ४३ बजे