२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

पोखराका वडाध्यक्षलाई साढे चार महिना कैद र ७५ हजार जरिवाना



काठमाडौं । बजेट खर्चको विषयलाई लिएर भएको विवादमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ ।

वडाध्यक्ष र सदस्यबीच विवाद हुँदा अदालतले गत ७ मंसिरमा अधिकारीलाई चार महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवानासँगै पीडित वडासदस्यलाई १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।वडामा लक्षित समूहका लागि पाँच लाख बजेट आएकोमा सो मध्ये वडाले महिलाका लागि चार लाख र दलितका लागि एक लाख रुपैयाँ विनियोजन गरेको थियो । दलितका लागि विनियोजन भएको रकमबाट १८ पुस ०७९ मा हस्तकला तालिम उद्घाटन गरेपछि वडाध्यक्ष अधिकारी र दलित महिला वडासदस्य मैया नेपालीबीच विवाद भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  २ : ५१ बजे