२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको छ ।

महानगरले आजभन्दा ठिक १५ दिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । महानगरको सो घोषणा आजबाट लागू भएको हो ।

सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको महानगरले बताएको छ

सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : ५३ बजे