२७ असार २०८३, शनिबार Sat Jul 11 2026

सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थानीय निकायहरूले सडक बत्ती बापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत् उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न निर्देशन दिएको छ । मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई ग्राहक कायम गराउन तथा सडक बत्ती बापतको बक्यौता महसुल बुझाउन प्राधिकरणले भनेको छ ।प्राधिकरणले भनेको छ, ‘उक्त समयावधिभित्र सडक बत्तीका लागि मिटर लिई ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरू ने.वि.प्रा.को सम्बन्धित वितरण केन्द्रबाट हटाइनेछ ।’ सडक बत्तीको बक्यौता महसुल नबुझाउने स्थानीय निकायहरूको हकमा महसुल सङ्कलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुनेछ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : २५ बजे