४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

घरघरमा विशेष पूजाआजा गरी धुमधामसँग कुकुर तिहार मनाइँदै



काठमाडौं।यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ ।

हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने परम्परा रहेको छ । इमान्दार र घरको रक्षकको रुपमा कुकुरलाई आज माला लगाइदिने, रोटी, खीर लगायतका मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ ।आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ ।यो वर्ष लक्ष्मीपूजा पनि आजकै दिन परेको हुँदा लक्ष्मीको भव्य पूजा गरी बत्ति, माला तथा फूलले घर सजाएर लक्ष्मीको स्वागत गरी आजै साँझ लक्ष्मीपूजा पनि मनाइँदै छ ।आजको दिन लक्ष्मीको पूजा गरे आफ्नो घरमा लक्ष्मीको बास हुने, धनधान्य हुने, श्रीबृद्धि हुने आदि मान्यता रहेको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ९ : ३६ बजे