२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भए पछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ११ : २५ बजे