३० असार २०८३, मंगलबार Tue Jul 14 2026

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ ।विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुनेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : ०९ बजे