३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने



जनता समाजवादी पार्टी (जसपा) मा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ। पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम गरिने भएको सो पार्टीले जानकारी दिएको छ।

हाल पार्टीले सञ्चालन गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरेबमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ। सोअनुसार पार्टीका प्रादेशिक संरचनाले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफैँ गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  २ : ४६ बजे