२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस



काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतका वरिष्ठतम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
श्रेष्ठ समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।

गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिने भएकाले अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान अनुसार उनको नाम सिफारिस भएको हो।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ४३ बजे