४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

अवैध रुपमा हुँदै आएको ढुङ्गा उत्खनन् कार्यमा गाउँपालिकाद्वारा रोक



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले ढुङ्गा उत्खनन् भएको भन्ने सुचना पाएपछि अनुगमन तथा निरीक्षणमा कडाइँ गरेको छ । गाउँपालिकाले वडा नम्बर ७ गोरङ्गे स्थित ठाडो खोलाबाट व्यापक रुपमा ढुङ्गा उत्खनन् भएको भन्ने सुचना पाए लगत्तै उक्त क्षेत्रमा अनुगमन तथा निरीक्षण बढाएको हो ।

उक्त ढुङ्गा उत्खनन् भएको बारे मोहन्याल गाउँपालिकालाई कुनै जानकारी नभएकोले सो विषयमा ढुङ्गा उत्खनन् भै रहेकै स्थानबाट कैलालीका प्रमुख जिल्ला अधिकारीसँग बुझी अहिले उक्त क्षेत्रबाट हुने ढुङ्गा उत्खनन्को कार्य बन्द गरिएको छ ।

यस गाउँपालिकाभित्र पर्ने स्थानबाट अन्य कुनै स्थानीय तहले ढुङ्गा उत्खननको अनुमती दिएमा मोहन्याल गाउँपालिकालाई अस्वीकार्य हुने बताइएको छ ।

त्यसको लागि गाउँपालिकाले भइरहेका ढुङ्गा उत्खनन्को कार्य तत्काल रोक्ने र अन्य स्थानीय तहको आड भेरोसामा त्यसो गरिएको हो भने मोहन्याललाई स्वीकार्य हुन नसक्ने समेत जानकारी गराइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ६ : ५६ बजे