१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

काठमाडौंका बिद्यालयको छात्राबृति छनौट परिक्षा महानगर आफैले गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका बिद्यालयवाट पाउने छात्राबृतिको परिक्षा महानगरपालिका आफैले लिने भएको छ ।

महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।

मेयर बालेन्द्र शाहका अनुसार सो परिक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

‘काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०(८१ देखि काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गर्नेछ,’ उनले भने ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ११ : ३१ बजे