१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहनेछ ।

सोही क्रममा विनियोजन ९बजेट० विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् ।जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।

मङ्गलवारको बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ४६ बजे