१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

मन्त्री किरातीले सोधे उड्ड्यन प्राधिकरणका महानिर्देशकलाई ९ बुँदे स्पष्टीकरण



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छ ।

उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लागेपछि मन्त्री सुदन किरातीले ८ बुँदे स्पष्टीकरण सोधको हुन् ।

सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भए पनि अधिकारीले त्यस नीति विरुद्ध काम गरेको र अभिव्यक्तिहरु दिइएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १२ : १७ बजे