३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई काँग्रेसको ह्विप



काठमाडौं । नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०र८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।

बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यद्यपि, सत्तारुढ दलका शीर्ष नेताहरूबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने विषयमा सहमती भइसकेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १२ : ०७ बजे