२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

जलहरिबारे संसदीय समिति बनाएर छानबिन गरौं : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरिबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै सांसद पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा आफूहरूको शिर निहुरिएको बताउँदै समिति बनाएर छानविन गर्न माग गरेका हुन् ।

‘जलहरिबारे उजुरी परेको २ वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ। महालेखाको प्रतिवेदनले प्रष्ट औंल्याएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो ?,’ उनले प्रश्न गरे।

पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता भएको भन्दै लामो समयदेखि चलेको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आइतबार) सत्यतथ्य बुझ्न पशुपतिनथ मन्दिर पुगेर जलहरीको नापतौल गरेको छ । अख्तियारे गरेको उक्त अनुसन्धानको प्रतिवेदन भने सार्वजनिक हुन बांकि रहेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ४ : ०१ बजे