१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

रहेनन् सिन्धुपाल्चोकका पूर्वसभापति बिकास लामा



सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित ६४ वर्षीय लामाको उपचारकै क्रममा शुक्रबार राती काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।

विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामा तेह्रौँ महाधिवेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए । नेपाली काँग्रेसमा एउटा सादगी नेताको रुपमा परिचित लामा काँग्रेसको चौधौँ महाधिवेशनमा सह महामन्त्रीका प्रत्याशी थिए ।

लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार दिनभर काठमाडौँ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाह संस्कार गरिने छ । मृतक लामाको एक श्रीमती दुई छोरा र चार छोरी छन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ११ : ३७ बजे